असार २, २०८२ सोमबार

बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय

काठमाडौं । सकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पार्ने निर्णय गरेको छ । उच्चस्तरीय समितिको सिफारिशअनुसार आज बसेको मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सवै प्रकारका पसल सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताउनु भयो । मन्त्रिपरिषद बैठकले निजी सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय भोलिदेखि नै लागू हुने छ ।

तर, त्यसका लागि जोर विजोर प्रणाली लागु गरेको छ । जोड गते जोड र विजोर गते विजोड नम्बर प्लेट भएका सवारी साधन चल्ने दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अहिले खोलिने छैन ।

हवाई उडान र सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।

सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीवारको दिउसो पत्रकार सम्मेलनमार्फत लकडाउनेको सम्पुर्ण मोडालिटीबारेको निर्णय सार्वजनिक गर्नुहुनेछ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]