प्रधानमन्त्रीको राजीनामा बैठकको औपचारिक प्रस्ताव होइन : प्रवक्ता श्रेष्ठ
बिर्तामोड । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग्ने औपचारिक प्रस्ताव अहिलेसम्म बैठकमा नलगेको जानकारी दिएका छन् । पत्रकारहरुले राजीनामाको सन्दर्भमा उठाएको प्रश्नको जवाफ दिँदै भने, अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्ने प्रस्ताव औपचारिक होइन ।

बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
उनले भने, ‘पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको भन्दै उनले भने, सचिवालयले पार्टीको संकट निवारण गर्न अझै छलफल गर्ने निर्णय भएको छ ।’ उनका अनुसार भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक कायमै छ ।
बैठक लगत्तै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतल निवास तर्फ लागेको स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो ।