जेष्ठ १, २०८२ बुधबार

सरकारको स्वीकृति विना पीसीआर ल्याव चल्दैन : मन्त्री कार्की

बिर्तामोड । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारको स्वीकृति विना कसैले पनि पीसीआर ल्याव सन्चालन गर्न नपाउने बताएका छन् । उनले आज विहान इजलाससित कुरा गर्दै सरकारले स्वीकृति दिएपछि मात्रै पीसीआर ल्याव चलाउन पाइने बताए ।

एकका लागि एक अभियानले जनस्तरबाट संकलन गरेको रकमबाट कोटीहोममा पीसीआर ल्याव सन्चालन गर्ने तयारी गरेको छ । सरकारसँग कुनै समन्वय नगरी निर्माण थालिएको पीसीआर ल्याव सन्चालन बारे समस्या आइरहेको बेला मन्त्री कार्कीले भने – कोरोनाको जोखिम बढदै गइरहेकोले ल्यावको जरुरी छ । तर, कानुनी प्रक्रिया र प्रयोगशाला सम्बन्धि सम्पुर्ण मापदण्ड पुरा गर्नैपर्छ । उनले सरकारले स्वीकृति नदिएसम्म सन्चालन गर्न नपाउने स्पष्ट पारेका छन ।

जनस्तरबाट करोडौं रकम जुटाएको एकका लागि एक अभियान सबैका लागि राम्रो भएपनि सरकारको मातहतमा कतै दर्ता समेत नभएकाले संकटमा परेको छ । दर्ता नभएको संस्थाले ल्याव सन्चालन गर्न पाउछ भन्ने जिज्ञासामा जवाफ दिदैं मन्त्री कार्कीले भने, त्यस्तो अवस्थामा अभियानले पीसीआर ल्याव सरकारलाई जिम्मा दिन सक्छ । निजी क्षेत्रले चलाउने हो भने केन्द्रीय प्रयोगशाला टेकुले मान्यता दिनैपर्छ । उनले अभियान अत्यन्तै राम्रो रहेको बताउँदै कानुनी प्रक्रियाबाटै अघि बढनुपर्ने सुझाव दिए ।

सरकारले सन्चालन गरेको ल्यावमा नागरिकले निःशुल्क सेवा पाइरहेका छन । त्यो ल्याव सन्चालन हुँदा पनि नागरिकले निशुल्क सेवा पाउनुपर्ने मन्त्री कार्कीको भनाई छ । सबै मापदण्ड पुरा गरेको खण्डमा निजी क्षेत्रलाई समेत सरकारले ल्याव सन्चालनार्थ अनुमति दिने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार  १ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]