जेष्ठ १, २०८२ बुधबार

सहाराको सदस्य हुनुमा सबैले ईज्जत, प्रतिष्ठा र गौरव महसुस गर्नेछन् : सचिव गिरी

बिर्तामोड । पहिलो पटक सहारा नेपाल (साकोस) लि. ले सञ्चार माध्यम मार्फत संस्थाको वार्षिक साधारण सभा गर्ने भएको छ । कोभिड–१९ का कारण संस्थाले सञ्चार माध्यम मार्फत २४ औं वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ । संस्थाको बार्षिक साधारणसभा मंसिर २६ गते शनिवार हुदैछ ।

सहारा नेपाल (साकोस) लि. का सचिव महेन्द्र गिरीले संस्थाको वित्तिय अवस्था १० अर्व माथि पुगेको जानकारी दिए । उनले सामाजिक पुँजीमा समेत उल्लेख्य प्रगति हासिल गरिएको बताए । सचिव गिरीले मंगलवार पत्रकार सम्मेलन मार्फत वार्षिक प्रगति प्रतिवेदन –२०७७ सार्वजनिक गरेका छन् । उनले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘हरेक व्यक्तिलाई सहाराको सदस्य हुनुमा ईज्जत,प्रतिष्ठा र गौरवको महसुस हुनेछ ।’
एक लाख ४३ हजार ९ हजार ८३ जना शेयर सदस्य रहेको सहारा साकोसले प्रदेश १ मा ६ वटा जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । सहाराले देशकै उत्कृष्ट संस्थाको रुपमा दावी गर्दै आएको छ ।

१ अर्व २१ करोड जगेडा कोष रहेको सहाराले कोरोना महामारी पनि २५ करोड ९ लाख आम्दानी गरेको सचिव गिरीले जानकारी दिएका छन् । गत असार मसान्तसम्म ऋण पाकेको व्याजमा १० प्रतिशत छुट दिएको बताएका छन् । यसै अवधिमा विपत सापटीवापत प्रतिसदस्य ५ हजारसम्म दिने नीति अनुरुप २ करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान गरेको छ ।

कोरोना महामारीको अवस्थामा संस्थाले प्रधानमन्त्री राहत कोष, प्रदेश सरकार र स्थानीय ७० वटा पालिकालाई तत्काल खाद्यान्न सहयोग पु¥याउन ५७ लाख ३५ हजार २ सय ५८ रुपैयाँ उपलब्ध गराएको जनाएको छ । पिसिआर ल्याव स्थापना, खाद्यान्न वितरण, प्लाजमा बैंक स्थापनामा एकका लागि एक अभियानमार्फत् सहयोग गरेको जनाएको छ । संस्थाले आगामी वर्ष ०७७–०६८को लागि वित्तीय तथा गैरवित्तीय १६ वटा शीर्षकमा ६८ वटा कार्यक्रम प्रस्ताव गरेको छ ।
नयाँ ऐनले पार्न सक्ने नीतिगत तथा कानुनी कठिनाई सामना गरी स्थानीय तहसँग समन्वय गरी अघि बढ्नु पर्ने चुनौती रहेको गिरी बताउँछन् । सहाराले सदस्यले प्राप्त गरिरहेका सेवासुविधा, स्वास्थ्य योजना, सामाजिक सुरक्षा कार्यक्रम र जनउत्तरदायी सामुदायिक कार्यक्रम बढाउँदै लाने योजना बनाएको छ । सहकारीले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत पूर्ण अशक्तता, एकल महिला–पुरुष, जेष्ठ सदस्य तथा अनाथ बालबालिकाको संरक्षणमा संस्थाले प्रदान गर्दै आएको जनाएको छ ।

सहाराले यस वर्ष कोशेली घर सञ्चालनमा ल्याउने जनाएको छ । सदस्यले उत्पादन गरेका वस्तुको बजारीकरणको लागि कोशेली घर सञ्चालन गर्ने योजना बनाएको हो । शेयर सदस्यलाई व्यावसायिक तरकारी खेती गर्न टनेल, थोपा सिँचाई, सोलार पम्प, यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

सहकारीले सतासी महिला कृषि सहकारीको साझेदारीमा सञ्चालन गर्दै आएको मह उद्योगलाई अझ प्रभावकारी रुपमा अघि बढाउने जनाएको छ । सहकारीले शिवसतासीमा रहेको जग्गामा बाख्रा मौरी र तरकारीको स्रोत केन्द्र निर्माण गर्ने साथै अन्य कृषि आयआर्जनका कार्यक्रम गर्ने जनाएको छ । संस्थाले राष्ट्रिय व्यक्तित्व सम्मान –२०७६ बाट सहकारी क्षेत्रमा विशिष्ट व्यक्तित्व केशव बडाललाई १ लाख १ हजार नगद् सहित सम्मान एवम् पुरस्कृत गरिने गिरीले जानकारी दिए । यस्तैं, संस्थाले सहारा सहकारी पत्रकारिता पुरस्कारबाट इन्द्रजीत मुखियालाई सम्मान गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]