जेष्ठ १, २०८२ बुधबार

शिक्षा बहुउद्देश्यीयका सदस्यलाई रगत नि: शुल्क

विर्तामोड – शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले शल्यक्रिया गर्दा चाहिने रगत निशुल्क पाउने भएका छन् । रगतका लागि चाहिने रकम सहकारी संस्थाले उपलब्ध गराउने भएको हो ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सदस्यलाई निशुल्क रगत उपलब्ध गराइने बताए । ‘शिक्षासँग स्वास्थ्य’ कार्यक्रम अन्तरगत यसवर्षदेखि सहकारी संस्थाले सदस्यलाई निशुल्क रगत उपलब्ध गराउन लागेको हो ।

‘रगतमा लाग्ने शुल्क अब शिक्षा बहुउद्देश्यीय सहकारीले व्यहोर्छ’, अध्यक्ष न्यौपानेले भने, ‘हाम्रा सबै सदस्यले यसै वर्षदेखि यो सुविधा प्राप्त गर्छन् ।’ उनले रेडक्रससँग समन्वय गरेर रगत उपलब्ध गराइने पनि बताए ।

शिक्षा सहकारीमा आवद्ध सदस्यले सर्पदंशबाट पीडित हुँदा पनि उपचार सहयोग पाउने भएका छन् । यसका लागि ‘सर्पको टोकाई शिक्षाको दवाई’ कार्यक्रम अघि सारेको छ ।

यो कार्यक्रम अन्तरगत सर्पदंश पीडित सदस्यलाई उपचारका लागि दुईहजार पाँचसय रुपैयाँ दिइने संस्थाका सचिव दीपेश धौरालीले बताए । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा हाल २७ सयको हाराहारीमा सदस्य छन् । संस्थामा १ करोड ८५ लाख भन्दाबढी शेयर पूँजी छ । शिक्षा सहकारीले झापाको मेचीनगरस्थित धाइजन, अर्जुनधाराको शनिश्चरे र कनकाईको दुर्गापुरमा रहेका तीनवटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तिय सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]