जेष्ठ १, २०८२ बुधबार

विपन्नलाई ठुलो राहत

सम्पादकीय

गरिव, विपन्नलाई मात्र होइन हरेक नागरिकको साझा सपना हो, घर । जीवनमा एउटा बस्नयोग्य घर बनाउने सबैको सपना हुन्छ । त्यहि सपनाले मानिसलाई कठोर–कठोर संघर्षका लागि मैदानमा उतारेको छ । कोहि स्वदेशमै त्यो सपना पुरा गर्न मेहनत गरिरहेका छन् । उनीहरु जस्तै घर बनाउने सपना बोकेर धेरै नेपालीहरु विदेशिएका पनि छन् । सपना सबैको पुरा भएको छैन । आंशिक सपना पुरा भए पनि घर बनाउने सपना धेरैको अपुरो नै बन्ने गरेको छ । टाउको लुकाउन निकै दुःखले बाँच्नुपर्ने नागरिकको जीवन प्रायः धेरैले देखेकै हो ।

संविधान निर्माण पछि हरेक नागरिकको मौलिक अधिकारमा आवास समेटिएको छ । संविधानले व्यवस्था गरेको संघीयता बमोजिम स्थापना भएका स्थानीय सरकार त्यस्ता नागरिकको पहिचान गर्दै आवास निर्माणमा लागेको छन् । झापाका धेरै स्थानीय तहमा विपन्नहरुका लागि आवास निर्माण गर्ने काम भइरहेको छ । दमक, कनकाई, शिवसताक्षी, झापा गाउँपालिका र विर्तामोड नगरपालिका विपन्न नागरिकको पहिचान गरेर आवास निर्माण गर्दै आएको छ । जसले विपन्न परिवारलाई जीवनकै ठुलो राहत मिलेको छ ।

हरेक दिनको मजदुरीले घर धान्न समस्या भएको परिवारलाई घर बनाउन समस्या छ । विहान बेलुकाको छाक टार्न हम्मे–हम्मे हुने परिवारलाई घर धेरै टाढाको सपना बन्ने गरेको छ । विर्तामोडले ३ सय ६ परिवारलाई आवास हस्तान्तरण गरिसकेको छ । अव ०७८ असार मसान्तसम्ममा थप २ सय घर विपन्न परिवारका लागि तयार गरेर हस्तान्तरण योजना बनाएको छ । सामाजिक क्षेत्रमा सहयोग गर्ने निकायको खोजी गरेर अब हरेक स्थानीय तहले विपन्नका लागि आवास बनाउनुपर्छ । नबनाउने स्थानीय तह कमजोर , विपन्न नागरिकलाई वेवास्था गर्ने, संविधानलाई पूर्ण कार्यान्वयन नगर्ने ठहरिनेछन् ।

प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]