जेष्ठ १, २०८२ बुधबार

सुरक्षित मनाऊ होली

सम्पादकीय

आइतवार पहाडमा मनाइएको रंग र मित्रताको पर्व होली आज तराई क्षेत्रमा मनाइदैछ । जीतको उत्सवका रुपमा लिइने होली पर्व यो वर्ष पनि कोरोना संत्रासकै बिचमा आएको छ । गत वर्ष कोरोनाकै कारण होली हर्षोल्लास हुन सकेन । र, यो वर्षको होलीमा पनि कोरोनाको व्यवधान खडा भएको छ । जसले खुलेर मनाऔं हाली भन्न सक्ने अवस्था छैन । विशेष रुपमा मनाइने पर्व कोरोना भाइरस संक्रमणको त्रासले उल्लासमय हुने अवस्था छैन । तथापि, होली सबैले मनाइने छ ।

होली पर्वलाई घरघर मै मनाउन सरकारले अपील गरेको छ । सुरक्षा निकायले समेत होली पर्वलाई घरघर मै मनाउन आग्रह गरिसकेको छ । यसैले यो वर्ष पनि कोरोनाबाट सुरक्षित रहन घर मै होली मनाउनुपर्ने बाध्यता छ । हामीले आफै सचेत बन्न सक्यौ भने थप जोखिम हुने छैन । यदि पर्वकै नाममा लापरबाही गरियो भने कोरोनाबाट पीडित बन्न तयार हुनुको विकल्प छैन । आम नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्य रुपमा पालना गर्नैपर्छ । नभए, आफ्नो कारण अन्यलाई समेत जोखिममा पारिनेछ ।

आजका दिनमा सावधानी सबैले अपनाउनुपर्ने हुन्छ । कसैलाई रुघाखोकी लगायतका समस्या देखिएको छ भने त झन् धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । लक्षण भएकाबाट अरुमा सर्ने सम्भावना पनि धेरै हुन्छ । यो समयमा कोरोनासँगै अरु सरुवा रोगको जोखिम पनि उत्तिक्कै हुने गर्छ । मौसमी रुघाखोकी, हावाबाट सर्न सक्ने अरु खालका सरुवा रोगको जोखिम पनि धेरै हुन्छ । होलीमा प्रयोग गरिने रङले आँखा, छाला लगायतका बाहिरी अंगसँग स्वास्थ्यका अरु कुराहरुमा पनि असर पार्ने हुन्छ । त्यसैले विशेष ध्यान पु¥याउदै होली पर्वलाई मनाऔं ।

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]