जेष्ठ १, २०८२ बुधबार

क्यान्सरमा लापरबाही नगरौं

सम्पादकीय
झापाको बिर्तामोडमा क्यान्सर उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको छ । क्यान्सर कै उपचार गर्न स्थापना गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालले यतिवेला महिलाको पाठेघर जाँच गरिरहेको छ । निशुल्क रुपमा जाँच गरिरहेको अस्पतालले क्यान्सर भए, नभएको अग्रिम जानकारी दिन कार्यक्रम राखेको हो । त्यै पनि आम महिलाहरु आफ्नो पाठेघर जाँच गर्न खुलेर जाँदैनन् । अथवा, विरामी नभई जाँच गर्नुपछ भन्ने मान्यता विकास भइसकेको छैन । झापामा मात्र होइन, यो देशभरको समस्या पनि हो । तर, अब हरेक महिलाले पाठेघर जाँच गर्नैपर्छ । यसअघि भरतपुर, काठमाडौं र देशबाहिरसम्म जानुपर्ने हुन्थ्यो । अहिले त्यो भन्दा राम्रो सेवा बिर्तामोडमा पाइन्छ ।

क्यान्सर लागेर हरेश खाइसके पछि मात्रै उपचारमा जाने नेपाली परम्परालाई तोड्नुपर्छ । त्यसका लागि आम नागरिक र अस्पताल सजग हुनुपर्छ । पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना भएपछि त्यहाँ उपचार गर्न आउनेहरुको तथ्याङक डरलाग्दो छ । महिलाहरुको पाठेघरमा देखिने क्यान्सर झनै ठुलो दरमा छ । क्यान्सर लागिसकेर समस्या बढेपछि मात्रै अस्पताल जानेहरु धेरै छन् । डा.प्रियंका कटुवालका अनुसार सेकेन्ड स्टेपमा मात्रै विरामी अस्पताल पुगिरहेका छन् । यस प्रकारको मानसिकता रहिरहेमा रोग निको हुन सक्दैन । यदि रोग निको नै बनाउने हो भने समयमै उपचार गर्नुपर्छ । समयमै अस्पताल पुग्नुपर्छ ।

पछिल्लो समय क्यान्सरका विरामी र विरामीको परिवारबाट लापरबाही भइरहेको पाइएको छ । समयमा अस्पताल नजाने कुरा त छदैछ । अर्कातिर, क्यान्सर लागेको विरामीलाई अस्पताल नै नपुराई बाहिरकै फार्मेसीहरुबाट औषधि खुवाउने गरेको क्यान्सर रोगको उपचार गर्ने डाक्टरहरु बताउछन् । क्यान्सर लागेको छ, बाहिरै चिरफार गर्ने, एन्टिबाइटिक खाने जस्ता काम भइरहेका छन् । क्यान्सर रोगको विशेषज्ञ डाक्टरसम्म नपुरी क्यान्सर लागेको भन्दै अपरेशन गराउने र विग्रेपछि मात्रै अस्पताल जाने भएका कारण रोग जटिल बन्दैछ । यसैले हरेक क्यान्सर विरामीले समयमा क्यान्सर अस्पताल नै पुगेको राम्रो हो । क्यान्सर रोग विशेषज्ञ डाक्टरसँगै उपचार गराएर आफ्नो स्वास्थ्यको भरपर्दो उपचार गरौं । क्यान्सरमा लापरबाही गर्दै नगरौं ।

प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]