जेष्ठ १, २०८२ बुधबार

विद्यार्थीसँग अतिरिक्त शुल्क नलेऊ

सम्पादकीय

झापाको बिर्तामोडस्थित कञ्चनजंगा अंग्रेजी माध्यमिक विधालयका एक जना विधार्थीले अतिरिक्त शुल्कको विषयमा कडा ढंगले आवाज उठाएका छन् । उनी हुन्, सोही विधालयबाट भर्खरै कक्षा १२ पास गरेका विद्यार्थी माधव राज आचार्य । उनले राष्ट्रिय परीक्षा बोर्डलाई लेखेको चिठ्ठी सामाजिक सञ्जालमै सार्वजनिक भयो । त्यसमा उनले कक्षा १२ सकेरपछि पाइने सर्टिफिकेटमा अतिरिक्त शुल्क बुझाउन विधार्थी बाध्य भएको विषय सार्वजनिक गरेका छन् । ति विद्यार्थीको चेतना र साहस वास्तवमै प्रशंसायोग्य छ ।

राष्ट्रिय परीक्षा बोडले दिने ट्रान्स्कृप्ट,माइग्रेशन र प्रोभिजनलका लागि रु ११ सय बुझाउन सार्वजनिक सूचना नै जारी गरिसकेको छ । तर, विद्यार्थीहरुबाट कञ्चनजंगाले २ हजार रुपैयाँ लिइरहेको विद्यार्थीको आरोप छ । २ हजार रुपैयाँ लिएको सत्य पनि हो । विधालयले ११ सय बोर्डलाई बुझाउने, चारित्रिक प्रमाण पत्रका लागि ५ सय रुपैयाँ लिने र बाँकी रकम त्यस काममा जाने व्यक्तिले भाडा खर्चको रुपमा प्रयोग गर्ने भन्ने बुझियो । यो घटना कञ्चनजंगाका विधार्थीले सार्वजनिक गरे । यस प्रकारको व्यवस्था अन्य विधालयहरुमा समेत छ । अझै बढि पनि हुन सक्छ । विधार्थीले बुझाउनु पर्ने रकम बाहेकको रकम विधालयले नलिए अझ राम्रो हुन्थ्यो ।

हुनतः विधालयले संविधान समेत मानेका छैनन् । सरकारी विधालयले विभिन्न नाममा विधार्थीबाट पैसा असुलिरहेकै छ । निजी विधालयको यो समस्यालाई अस्वभाविक मान्न सकिदैन । तर, एउटा विधालर्थीबाट २० रुपैयाँ मात्रै अतिरिक्त लिएर भाडा खर्च गर्न सकिन्छ । मानौं १ सय विधार्थीको सो काम गर्दा ४० हजार रुपैयाँ विधार्थीले अतिरिक्त बुझाउने गरेकोे देखियो । कुनै पनि विधालयले विभिन्न शिर्षकमा रकम लिएका हुन्छन् । अन्तिममा पनि यसरी रकम उठाउनु जायज छैन । जिल्ला सबै विधलायले विद्यार्थीलाई सुविधा दिन अतिरिक्त रकम लिन छोड्नैपर्छ ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]