जेष्ठ १, २०८२ बुधबार

फेरि लकडाउन हुन नदिऊ

सम्पादकीय
कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि बजारमा फेरि लकडाउनको हल्ला छ । लकडाउनको हल्ला चलाउने व्यापारीहरु आफै मापदण्ड पालना गरिरहेका छैनन् । हरेक व्यापारीलाई लकडाउनको पीर छ । उनीहरुलाई व्यापारमा धक्का लाग्ने डर छ भने सर्वसाधारणलाई जीवनको सुरक्षा महत्वपूर्ण छ । कोरोना महामारीले थलिएको नागरिक जीवन फेरि लकडाउनले बन्धक हुने हो कि भन्ने तनाव बढेर गएको छ । सबैलाई कोरोनाको नयाँ भेरियन्टसँग डर छ । तर, कोहिसँग पनि सतर्कता छैन । यसले जोखिम अवश्य बढाउने छ ।

मंसिर लागेपछि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन भयो । मंसिर १० गतेदेखि १२ गतेसम्म भएको महाधिवेशनमा देशभरबाट कार्यकर्ताको सहभागिता भयो । त्यहाँ आंशिक रुपमा पनि स्वास्थ्य मापदण्डको पालना भएको थिएन । यस्तै, राप्रपाको पनि भर्खरै महाधिवेशन सकिएको छ । त्यहाँ पनि कार्यकर्ताको उपस्थिति बाक्लो थियो । राप्रपाको महाधिवेशनमा पनि कोरोनाबाट सुरक्षित हुने कुनै उपाय अपनाइएको थिएन । अहिले नेपाली कांग्रैसको १४ औं राष्ट्रिय महाधिवेशन चलिरहेको छ । यहाँ पनि स्वास्थ्य मापदण्ड पालना भएको पाइदैन ।

नेकपा एमाले, राप्रपा र नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भएको मानवीय चहलपहलले कोरोना संक्रमणको जोखिम बढाएको छ । केहि दिनदेखिको संक्रमण दर पनि बढिरहेको छ । राजनीतिक दलको सभा, सम्मेलन, वैवाहिक कार्यक्रम, शैक्षिक भ्रमण र सहकारीका साधारणसभाले फेरि कोरोनाको संक्रमण दर बढाउन मद्दत गरिरहेको छ । यस परिस्थितिमा जोखिम कम गर्नुको विकल्प छैन । त्यसका लागि हरेक क्षेत्रले स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्नुपर्छ । आफ्नो दैनिक क्रियाकलाप, गतिविधिलाई चलायमान बनाउदै स्वास्थ्य मापदण्डको ख्याल गर्नैपर्छ । लकडाउन हुन नदिने, ओमिक्रोनबाट सुरक्षित रहने भए सर्वप्रथम सतर्क बसौं ।

प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]