जेष्ठ १, २०८२ बुधबार

धनकुटा महोत्सव शुरु

धनकुटा – पाँचौँ प्रादेशिक औधोगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । महोत्सवको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आज यहाँ उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

गएको वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उहाँको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत्रका कामलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य धनमाया विक (उर्मिला), प्रदेशसभा ‘क’ का सदस्य निरन राई, ‘ख’का ईन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ्ग तथा धनकुटाका स्थानीय सात तहका प्रमुखले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।

उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा १० दिनसम्म सो महोत्सव चल्नेछ । उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]