जेष्ठ १, २०८२ बुधबार

झापामा १४ सय किलो सुपारी बरामद

झापा । प्रहरीले एक हजार चार सय ७० किलो अवैध सुपारीसहित बरामद गरेको छ । सोमबार बिहान साढे १ बजे झापाको मेचीनगर नगरपालिका–४, प्रसादगौंडामा लुकाएर राखेको अवस्थामा सुपारी बरामद भएको हो ।

झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले ती सुपारी बरामद गरेको हो ।

बरामद सुपारीको अन्दाजी मूल्य साढे ४ लाख छ । बरामद सुपारीलाई सोमबारै मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको थापाले बताए । सुपारी धनीलाई पनि प्रहरीले पक्राउ गरेको छैन ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]