जेष्ठ १, २०८२ बुधबार

बिर्तामोडको गोपाल एग्रोभेट्समा लागुऔषधको धन्दा, सञ्चालक पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा सञ्चालित गोपाल एग्रोभेट्सका सञ्चालक पक्राउ परेका छन् । सञ्चालक गोपाल गौतमलाई बिर्तामोड प्रहरीले शुक्रवार पक्राउ गरेको बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

बिर्ता बजारको त्रिवेणी टोलमा एग्रोभेट्स सञ्चालन गर्दै आएका गौतमलाई लागु औषध कारोवार गरेको आरोपमा पक्राउ गरिएको हो । उनको पसलबाट प्रहरीले २३ ग्राम ब्राउन सुगर समेत बरामत गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले उनको एग्रोभेट्स खानतलासी गर्दा लागु औषध समेत भेटिएपछि आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  ४ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]