बैशाख १३, २०८१ बिहीबार

आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता स् कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने नाराका साथ आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो ।

१८ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो । नेपालमा गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि १३ लाख भन्दा बढि महिलाले सेवा लिएको तथ्याङ्क छ ।

सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन् अधिकार भएको बताएको छ । तर अहिलेपनि ५८ प्रतिशत महिलाले असुरक्षित सेवा लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

४२ प्रतिशत महिलाले मात्र सुरक्षित सेवा उपयोग गरिरहेको र सुरक्षित गर्भपतन प्रजनन अधिकार हो भन्ने जानकारी सबैलाई हुनुपर्ने परिवार कल्याण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर निशा जोशीले बताए ।

उनले सुरक्षित गर्भपतनका कारण मातृ मृत्युदरमा समेत प्रभाव पार्ने भएकोले यसलाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताए । नेपालमा १५ सय भन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सम्बन्धि सेवा उपलब्ध छ ।

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]