बैशाख ७, २०८१ शुक्रबार

वाणिज्य संघको बहाना : सम्पादकीय

झापाको ठुलो व्यापारी केन्द्र बिर्तामोडमा व्यवसायीले समयमै नयाँ नेतृत्व नपाउने देखिएको छ । विधि प्रक्रिया र विधान अनुरुप व्यवसायीले समयमै नयाँ नेतृत्व पाउनुपर्नेमा कोरोनाको बहानामा समयलाई धकेलिएको छ । वर्तमान नेतृत्वले व्यवसायीको निम्ति उल्लेख्य काम गर्न पनि सकेन । काम गर्न नसकेको समितिले नयाँ नेतृत्वका लागि साधारणसभा र निर्वाचनलाई स्थगित गरेको छ । नयाँ नेतृत्वको आशामा बसेका व्यवसायीलाई फेरि निराश बनाउने काम भएको छ ।

गत निर्वाचनमा वाणिज्य संघमा लफडा थियो । लफडा नमिलाई जवरजस्त निर्वाचनमा होमिदा प्रशासन कार्यालयले हस्तक्षेप नै गर्नुपरेको थियो । तर, त्यहि संस्थाको निर्वाचनलाई कोरोनाको बहानामा यो वर्ष धकेलिएको छ । व्यवसायीका आधारभूत काम समेत गर्न नसकेको वाणिज्य संघले निर्वाचनलाई सार्नुपर्ने कुनै कारण छैन । अमेरिकामा यहि महामारीका बिच राष्ट्रपतिको निर्वाचन भयो । विश्वमा कोरोनाको भयानक स्थिति पनि अमेरिकामै छ । विहारमा भर्खरै निर्वाचन सकिएको छ । नेपाल उधोग वाणिज्य महासंघ पनि निर्वाचन गर्दैछ । आखिर , विर्तामोडलाई कोरोनाले मात्र रोकेको हो त ? शंकाको विषय बनेको छ ।

कोरोना महामारी भयावह नै छ । भीडभाड नगर्नु नै राम्रो हो । तर, कोरोनाबाट सुरक्षित रहेर कुनै पनि काम गर्न सकिने अवस्था भने नरहेको होइन । आवश्यक सुरक्षा मापदण्ड अपनाएर विर्तामोड वाणिज्य संघले चुनाव गर्नैपर्छ । नयाँ नेतृत्व ल्याउनै पर्छ । कोरोना वर्षौसम्म रहनसक्छ । जबसम्म कोरोना विरुद्धको औषधि तयार हुँदैन तबसम्म कोरोना रहन्छ । कोरोना रहुञ्जेल चुनाव नगर्ने हो त ? यसरी हुदैन, चुनाव आवश्यक छ । समयमै चुनाव गरिनुपर्छ । व्यवसायीलाई नेतृत्व बिहीन बनाउन मिल्दैन । नयाँ नेतृत्व ल्याएर व्यवसायीको आवाजलाई सम्बोधन गरिनुपर्छ ।

प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]