बैशाख ८, २०८१ शनिबार

सोमबारबाट कोरोना परीक्षणमा एन्टिजेन परीक्षण सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारबाट कोरोना परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना भाइरस पत्ता लगाउन मन्त्रालयले एन्टिजेन परीक्षण सुरु गर्न लागेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकाका कोरोना हटस्पटबाट एन्टिजेन परीक्षण सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गर्न लागेको जानकारी दिनुभयो । डा. पाण्डेका अनुसार काठमडौं महानगर क्षेत्रमा कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उहाँले सोमबार पाँचसय जनाको एन्टिजेन परीक्षण गरिएको जानकारी दिँदै एन्टिजेनबाट २०÷२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताउनुभयो । एन्टिजेनमा पपिसिआर जस्तै विधि हो, डा.पाण्डेले भन्नुभयो, “घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।”

उहाँले समग्र जनसंख्यामा भने एन्टिजेन परीक्षण नगर्ने बताउनुभयो । संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्न लागेको बताउनुभयो । पाण्डेले तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ । काठमाडौं महानगरपालिकाको ४, ७ र ९ वडामा पहिलो सोमबार र मंसिर १७ मा १४, १६ र १० वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]