बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडका मेयर–उपमेयर कोरोना संक्रमणमुक्त

बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर धु्रव कुमार शिवाकोटी र उपमेयर पवित्रा महतरा कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । मेयर , उपमेयर नै कोरोना संक्रमण मुक्त भएको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । उनका अनुसार बुधबार पीसीआर परीक्षण गर्दा दुवै जनाको रिपोट नेगेटिभ आएको छ ।

मेयर र उपमेयरको स्वाब परीक्षण मेची अस्पतालमा गरिएको थियो । आजै स्वाव लिएर आजै रिपोट लिएको खड्काले जानकारी दिए । दुवै जनाको दुई सातामा रिपोट नेगेटिभ आएको हो ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]