चैत्र १५, २०८० बिहीबार

राष्ट्र संघद्वारा गाँजालाई उपचारजन्य प्रयोजनमा प्रयोग गर्न खुला

काठमाडौँ । संयुक्त राष्ट्र संघको लागू औषधि सम्बन्धी नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको छ । अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको हो । सो नियोगको सदस्यमा नेपाल पनि छ ।

सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजाबारे आयोगका ५३ सदस्यमध्ये २७ जनाले उक्त प्रतिबन्धबाट फुकुवा गर्न मतदान गरेका थिए । उक्त निर्वाचनमा २५ जनाले विरोध गर्नुको साथै एकजना अनुपस्थित रहेको बताइएको छ ।

करिब ५९ वर्षसम्म गाँजालाई उपचार पद्धतिमा प्रयोग गर्न समेत कडा रुपमा प्रतिबन्ध लगाइएको थियो । समाचारका अनुसार संयुक्त राष्ट्र संघको उक्त आयोगका निर्णय अनुसार उक्त गाँजासम्बन्धी अनुसन्धान गर्न र मनोरञ्जनको साधन र औषधीय गुणको रुपमा कानुनी रुपमा अङ्गिकार गर्ने अन्य देशहरुलाई पनि प्ररित गर्ने बताइएको छ ।

यसैबीच, अहिलेसम्म ५० वटा देशहरुले गाँजाको औषधीय गतिविधिलाई अङ्गिकार गरिसकेका छन् । भने क्यानाडा, उरुग्वेलगायत संयुक्त राष्ट्र अमेरिकाका १५ वटा राज्यहरूले मनोरञ्जनको लागि गाँजाको प्रयोगलाई वैधानिकता दिइसकेका छन् ।
संसारको सबैभन्दा बढी गाँजा खेती हुने देश मेक्सिकोसहित युरोपीय देश लक्जेम्बर्ग पनि सोही दिशामा रहेका छन् । गाँजाबारे समर्थन जनाउँदै युक्वेडरले यस्को उत्पादन, विक्रीवितरण र प्रयोग गर्न विधि निर्माण गर्न जोड दिएको छ ।
गैरऔषधीय गुण भएका जडीबुटीको प्रयोगले युवाको स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै जापानले यस्को विरोध गरेको छ ।

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]