बैशाख ८, २०८१ शनिबार

झापा कारागारमा ‘जक’ र लागुऔषध मुद्दाका कैदीवन्दी सबैभन्दा धेरै

बिर्तामोड । झापा जिल्ला कारागारमा लागुऔषध र जवरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्नेको संख्या सबै धेरै रहेको तथ्याङक प्राप्त भएको छ । क्षमताभन्दा चार गुणा बढि कैदीबन्दी रहेको झापा कारागारमा ३२ मुद्दा शिर्षकमध्ये लागुऔधष र जवरजस्ती करणीमा कैद भुक्तान गर्नेको संख्या बढि रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागार विभागलाई झापाले बुझाएको मंसिरको तथ्याङक अनुसार २ सय ४५ जना जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिहरेका छन् । यस्तै, १ सय ६ जना फैसलाको पर्खाइमा पूर्पक्षका लागि थुनामा छन् । जक मुद्दामा पुरुष कैदी २४५ र थुनुवामा १०५ जना रहेका छन् । सोहि मुद्दामा १ जना महिला पनि थुनामा रहेको तथ्याङकमा फेला परेको छ ।

जबरजस्ती करणी मुद्धामा झापा कारागारभित्र २० जना विदेशी नागरिक कैद भुक्तान गरिहरेका छन् । त्यसमा एक महिला रहेको बताइएको छ । यस्तै, लागुऔषध मुद्दामा १३७ कैदी छन् भने १४८ थुनुवा रहेका छन् । सो मुद्दामा १२७ जना पुरुष र १० जना महिलाले कैद भुक्तान गरिरहेका छन् । १४१ जना पुरुष थुनुवा छन् भने ७ महिला सोहि मुद्दामा थुनामा रहेको कारागारले जनाएको छ ।

मुद्दा विवरण अनुसार ३२ मुद्दामा सबैभन्दा धेरै जबरजस्ती करणी, लागुऔषध र कर्तव्य ज्यान मुद्दामा कैदीबन्दी रहेको बताइएको छ । कारागारभित्र सबै प्रकारका मुद्दामा पुरुष कैदीवन्दी सजाय भुक्तान गरिहेका छन् भने महिला आठ वटा मुद्दामा मात्रै सजाय भुक्तान गर्दै आएका छन् । बोक्सी आरोप, बहुविवाह, ठगि, जिउ मास्ने बेच्ने, अपहरण, जक, लागुऔषध र कर्तव्य ज्यान मुद्दामा महिलाहरु कारागारमा सजाय भुक्तान गर्दै आएका छन् ।

कारागार प्रमुख राजेन्द्र कुमार गौतमले बिहीवार कैदीवन्दीको संख्या ११ सय ८६ रहेको जानकारी दिए । उनका अनुसार महिलाको संख्या ७४ रहेको छ ।

प्रकाशित मिति : पुष २४, २०७७ शुक्रबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]