चैत्र १६, २०८० शुक्रबार

संवादका लागि परराष्ट्रमन्त्री दिल्लीमा

काठमाडौँ, १ माघ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नुहुनेछ ।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो । त्यसअवसरमा उहाँहरुबीच नेपाल-भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : माघ १, २०७७ बिहीबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]