बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोड वाणिज्य संघमा दर्नालले सचिवमा उम्मेद्वारी दिने

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेद्वारीको घोषणा गर्ने क्रम शुरु भइसकेको छ । फागुन १६ गते हुने निर्वाचनमा गोर्खा फाउण्डेशनका अध्यक्ष एवम् नेपाल टेलरिङ व्यवसायी महासंघ झापाका संस्थापक महासचिव बीरु दर्नालले सचिव पदमा उम्मेद्वारी दिने बताएका छन् ।

बिर्तामोड वाणिज्य संघमा लामो समयदेखि प्रभावकारी भूमिका निर्वाह गर्दै आएका दर्नालले यो निर्वाचनमा उम्मेद्वारी दिने बताएका हुन् । उनले अब संघ मै रहेर व्यवसायीको हितमा काम गर्ने बताए । विभिन्न सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका दर्नालले वाणिज्य संघमा आफ्नो उम्मेद्वारी हुने इजलाससित बताए । बिर्तामोडको वाणिज्य संघलाई जिल्लाकै प्रभावकारी भूमिकामा उभ्याउन आफ्नो सक्रियता हुने दर्नालको भनाई छ । दर्नाल विर्तामोडस्थित गोर्खा टेलरिङका सञ्चालक हुन् ।

आगामी निर्वाचनमा सुवास भट्टराई, प्रकाश शिवाकोटी, प्रशान्त भण्डारी, पार्वता विमली, राजु न्यौपाने र बलराम कार्कीले अध्यक्षमा उम्मेद्वारी दिने बुझिएको छ ।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  १२ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]