बैशाख १३, २०८१ बिहीबार

दमकमा ओरियन्सको करोडौंको अवैध खाद्य वस्तु बरामत

दमक । झापा प्रहरीले ओरियन्स नामक नेटवर्किङ धन्दा गर्ने एक व्यक्तिसहित करोडौं राजश्व छलेर नेपाल भित्राइएको सामग्री बरामत गरेको छ । मंगलवार इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र बरामत सामग्री सार्वजनिक गरिएको छ ।

गत शनिवार प्रहरीले दमक–६ स्थित पदम गुरुङको घर भाडा लिई अवैध रुपमा ओरियन्स कम्पनीका (खाद्यान्न परिपुरक) खाद्य वस्तु भण्डारण गरेको सूचनाका आधारमा खानतलासी गर्दा ठुलो परिमाणमा राजश्व छलेर भित्राइएको सामग्री बरामत गरेको थियो । दमक–६ का जितेन्द्र शाहले सो वस्तु खरिद गरेर ल्याएको पाएपछि शाह समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामत गरिएको तीन करोड उनन्तिस लाख सटसठ्ठी हजार पाँच बिस रुपैयाँको सामग्री मध्ये २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँको बिल नभेटिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जनाएका छन् ।

भारतीय कम्पनी ओरियन्स नेपालका लागि अवैध भनिदै आएको छ । तर, प्रहरीले राजश्व छलिको विषयलाई मात्र उठाएको छ । झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले ओरियन्स वैध–अवैध बारे राजश्व अनुसन्धानले खोजी गर्ने बताए । उनले ठुलो मात्रामा राजश्व छलि भएको सामग्री बरामत भएकाले राजश्व अनुसन्धानलाई बुझाएको जानकरी दिए । थप अनुसन्धान राजश्व विभागले नै गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]