बैशाख १२, २०८१ बुधबार

बुढेसकालमा अटो चलाउँदै मोहन बहादुर

विर्तामोड । शिवसताक्षी –८ का मोहन बहादुर कार्की उमेरले ६७ वर्ष पुगे । वृद्ध उमेरमा उनको दैनिकी अटो कुदाउँदै वितिरहेको छ । हरेक दिन विहान ७ बजे घरबाट निस्किने कार्की साँझ पनि ७ बजे घर पुग्छन् । नातिनी नर्स हुन् । उनलाई झिलझिले बस स्टेटण्ट छोडेपछि आफु कामतिर लाग्छन् । उनै कार्कीलाई बिहीवार बजाजको अटो विक्रेता हलेसीले विर्तामोडमा सम्मान समेत गरेको छ ।

वृद्धभत्ता खान अब ३ वर्ष बाँकी रहेको बताउने कार्कीले अझै ३-४ वर्षसम्म आफै काम गरेर खाने बताएका छन् । उनलाई हलेसीले बुढेसकालमा समेत स्वरोजगार रहेको भन्दै सम्मान गरेको सञ्चालक चुडामणी पौडेलले जानकारी दिए । कार्की पुराना बस चालक हुन् । उनले ४३ वर्षसम्म सार्वजनिक बसको चालकको रुपमा काम गरेको सुनाए । बस छोडेर डेढ वर्ष घर बसेका कार्कीले बिर्तामोड आफन्तको घर आउँदा हलेसीमा अटो किन्ने सोच बनाएका थिए ।

घरमा आराम गर्नुपर्ने समयमा दिनभर सडकमा मेहनत गर्ने कार्की जिल्लाकै वृद्ध अटो चालकका रुपमा चिनिएका छन् । उनले अटो चलाएर नातीलाई अष्ट्रेलिया पठाएको बताए । कार्की भन्छन्, नातिनीलाई नर्स पनि पढाए । उनै नातिनी विर्तामोडस्थित विर्तासिटी अस्पतालमा कार्यरत छिन् ।
पाको उमेरमा पनि १२ घण्टा खटिरहेका कार्कीले विराटनगर, धरानदेखि कन्यामसम्म यात्रु बोकर गएका छन् । उनलाई गाउँमा विश्वासले फोन गरेरै यात्रुहरुले बोलाउने गरेका छन् ।

सकडमा अटो लिएर हिड्दै गर्दा उनलाई यात्रुले नपत्याएको दुखेसो पोखे । उनी भन्छन्, मुन्द्रेलाई सबैले पत्याउँछन्, म बुढोको अटोमा बुढाबुढी नै धेरै चढ्छन् । दैनिक १५ सयसम्म कमाई हुने गरेको उनको भनाई छ । ५ सय तेल खर्च हुन्छ, बाँकी पैसासहित साँझमा सब्जी लिएर घर फर्किन्छु, उनले थपे ।

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]