बैशाख १२, २०८१ बुधबार

व्यापारीले पारे भारत ठप्प

एजेन्सी । शुक्रबार व्यापारीहरुले भारत बन्दको घोषणा गरेका छन् । सामान एंव सेवा कर, जीएसटी, पेट्रोल र डिजेलको बढ्दो मूल्य र ई वे बिलको विरोधमा व्यापारीहरुले भारत बन्द गराएका हुन् ।

अखिल भारतीय व्यापारी महासंघले आयोजना गरेको बन्दलाई ४० हजार व्यापारीले समर्थन गरेका छन् भने यसमा देशभरका ८ करोड व्यापारी सहभागी छन् ।

सडक यातायात क्षेत्रकोको सर्वोच्च संस्था अखिल भारतीय ट्रान्सपोर्टर कल्याण संघले यसको समर्थनमा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म चक्काजामको घोषणा गरेको छ ।

यातायत संघका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यले सबै राज्यस्तरीय यातायात संघहरूले भारत सरकारले ल्याएको नयाँ इ वे बिल कानून र पेट्रोलको बढ्दो मूल्यहरूको विरोधमा यातायात सञ्चालन नगर्न गरेको आह्वानलाई स्विकारेको बताउनु भएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]