चैत्र १५, २०८० बिहीबार

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मन्त्री चौधरीका अनुसार आजको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे जानकारी गराइएको छैन । अदालतले १३ दिनभित्र संसद बैठक आव्हान गर्ने परमादेश जारी गरेपछि आजको बैठकले संसद बैठक आव्हानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार  २ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]