बैशाख १३, २०८१ बिहीबार

जसले वाणिज्य संघको निर्वाचनमा मत नदिई फर्किए …

विर्तामोड । विर्तामोड वाणिज्य संघको मतदानस्थलसम्म पुगेर पनि त्यहाँभित्रको व्यवहार बेठिक लागेपछि विवेक प्रसाईले मत नदिई फर्किएका छन् । उनले सामाजिक सञ्जालमा मत अपेक्षा गर्नेहरुसँग माफी समेत मागेका छन् । उनले सामाजिक सञ्जालमा मतपत्रको तस्वीर राखेर लेखेका छन्, –

आज बाणिज्य संघको मतदान दिन आफ्नो परिचय पत्र लिएर गएको थिए । मतदान अधिकृतले ‘सानो संसार होउसिङ्ग’ को फर्म प्राइभेट लिमिटेड कम्पनी भएकोले त्यो बाट भोटिङ गर्न कम्पनीको लेटर प्याडमा सहमति लिएर आएपछि मात्र भोट खसाल्न पाउने नियम बताए । लाइनबाट बाहिरिए पछि एक जना उम्मेदवार प्रतिनिधिले अधिकृतलाई मेरो परिचय दिए पछि यो ब्यालेट पेपरमा सहि गरेर भोट हाल्न अनुमति दिए ।

मलाई चिनेर चै मलाई मतदान गर्न दिने र यदि म एक आम मानिस भएको भए मलाई भोट खसाल्न नदिने देखेर दिक्क लाग्यो अनि म भोट नदिकन फर्किए । एफएनसीसीआई जस्तो पढेलेखेका मानिसहरू भएको संस्थाको चुनावमा पनि यस्तो अनियमितता र मतभेद् भएको देख्दा मनमा सारै नमिठो लागेको छ ।

म बाट भोटको अपेक्षा राखेकाहरु, कृपया माफ पाउ । नियम बिपरित धेरै हिडिसकेको आफू, अब बाँकी जिन्दगी नियम बिपरित सकभर केही नगर्ने अठोट गरेकोले मैले तपाईहरुलाई मत सहयोग गर्न सकिन ।

प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]