चैत्र १६, २०८० शुक्रबार

अध्यक्षमा प्रकाश शिवाकोटी निश्चित, घोषणा नभई जुलुस गरेपछि गाडिबाट उतारियो

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न भने बाँकी छ । सार्वजनिक गरिएको परिणाम अनुसार ४ भन्दा बढि मतले शिवाकोटी अगाडि छन् ।

निर्वाचन समितिले सबै उम्मेद्वारको मत गणना सकेको छैन । यद्दपि लोकतान्त्रिक प्यानलका महासचिव रविन्द्र भट्टराई संयुक्त प्यानलका महासचिव अर्जुन मैनालीभन्दा ३२ मतले पछाडि छन् । समाचार तयार गर्दासम्म मैनाली जीत नजिक छन् । गणना गर्न करिव २ सय मत मात्रै बाँकी छ ।

निर्वाचन समितिले परिणाम घोषणा गर्नुभन्दा अघि प्रकाश शिवाकोटी प्यानलका विजेताहरुले विजयी जुलुस शुरु गरेपछि उनीहरुलाई गाडिबाट उतारिएको छ । आफ्नै प्यानलका महासचिवको परिणाम नआइसक्दै जुलुस गरेकोमा आफ्नै उम्मेद्वारहरुले आपत्ति जनाएका छन् ।

# पुरा अपडेट केहिवेरमा

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]