बैशाख १२, २०८१ बुधबार

विर्तामोड वाणिज्य संघमा कसले कति मत पाए ?

विर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार प्रकाश शिवाकोटी निर्वाचत भएका छन् । महासचिवमा संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वार अर्जुन कुमार मैनाली निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

सोमवार साँझ सम्पन्न मतगणनापछि निर्वाचन समितिले परिणाम सार्वजनिक गरेको थियो । जसअनुसार बरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । उनी लोकतान्त्रिक प्यानलबाट उम्मेद्वार बनेका थिए । सोहि प्यानलबाट उधोग उपाध्यक्षमा सञ्जीव घिमिरे, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई, उधोग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेल, लोकतान्त्रितबाट कोषाध्यक्षमा दिपेन्द्र राउत, सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाई निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा गुञ्जन प्रसाई, गौरीशंकर गुप्ता टिंक’, जीवन खड्का,दीपक मित्तल, पुकार बराल, बलराम सिटौला, विशाल थापा र महिला सदस्यमा संयुक्तबाट रुचि शिवाकोटी र लोकतान्त्रिकबाट तुलसा ढकाल निर्वाचित भएका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानल र नेकपा, राप्रपाको संयुक्त व्यवसायिक प्यानल चुनावी मैदानमा उत्रिएका थिए । ११ पूर्व अध्यक्ष सहित ४५ सय ५० जना मतदाता रहेको वाणिज्य संघमा ३८ सय ४९ मत खसेको थियो । आइतवार अग्रसेन भवनमा सम्पन्न निर्वाचनपछि अतिथि सदनमा सोहि दिन रातीदेखि गणना शुरु गरिएको थियो ।

चार दशकदेखि कांग्रेसको एकलौटी नेतृत्व रहेको वाणिज्य संघलाई यो निर्वाचनमा नेकपा र राप्रपाले राम्रै झट्का हानेको छ । यद्दपि बलियो उम्मेद्वार मानिएका सुवास भट्टराई पराजित भएका छन् । उनले संघको निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । परिणाम सार्वजनिक भए पश्चात सामाजिक सञ्जालमा भट्टराईले लेखे, ‘पटक–पटक असफल हुँदा पनि उत्साह नगुमाउनु नै सफलता हो ।’

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]