बैशाख ७, २०८१ शुक्रबार

प्रदेश गौरव भिलेज समुदायलाई हस्तान्तरण गर्ने

विर्तामोड । झापाको विर्तामोड–७ मा ३७ परिवारका लागि आवास निर्माण भएको छ । सो आवासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नेछन् । र, त्यसपछि विर्तामोड नगरपालिकाले सो आवास समुदायलाई हस्तान्तरण गर्ने छ ।

अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३७ विपन्न परिवारका लागि विर्तामोड नगरपालिकाले संयोजन गरेर आवास निर्माण गरेको हो । धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले १ विगाह ३ कठ्ठा जग्गा उपलब्ध गराए पछि सो क्षेत्रमा आवास निर्माण गरिएको विर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।

विर्तामोड नगरपालिकाले हेविट्याट नेपालको ८३ लाख, सहारा नेपालको प्राविधिक सहयोग आवास निर्माण गरेको हो । विशेष गरी चौधरी, कुर्मी र सन्थाल समुदायका विपन्न नागरिकका लागि तयार गरिएको घर ७.३ धुरमा निर्माण गरिएको छ । हरेक आवास निर्माणका लागि ४ लाख खर्च भएको निर्माण समितिका सचिव अविरल कृष्ण खरेलले जानकारी दिए । आवास योजनालाई प्रदेश गौरव भिलेजको रुपमा नामाकरण गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]