बैशाख १३, २०८१ बिहीबार

प्रधानमन्त्रीद्वारा प्रदेश भिलेज समुदायलाई हस्तान्तरण

विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोड नगरपालिकाले निर्माण गरेको प्रदेश भिलेज समुदायलाई हस्तान्तरण गरेका छन् । उनले आज गृह जिल्लाको पहिलो कार्यक्रममा सहभागी हुँदै विर्तामोड–७ मा बनेको आवास समुदायलाई हस्तान्तरण गरेका हुन् ।

३७ परिवारका लागि १ विगा ३ कठ्ठा जमिनमा निर्माण भएको प्रदेश भिलेज हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य नै आवास विहीनलाई आवास उपलब्ध गराउनु भएको बताए । उनले गरिव , विपन्नलाई आवास विहीन हुन नदिने भन्दै देशभर रहेका आवासविहीनलाई आवास उपलब्ध गराउँदै आएको सम्बोधनका क्रममा भनेका छन् ।

४ लाखमा निर्माण गरिएका प्रत्येक घर चौधरी, कुर्मी र सन्थाल समुदायलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गर्दै ओलीले भूमिहीनलाई सरकारले भूमि समेत उपलब्ध गराउन थालेको बताए । जनतालाई ठुला–ठुला घर दिन नसकिए पनि ससाना घर निर्माण गरेर दिने काम भइरहेको उनको भनाई छ ।

विर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले ३०६ परिवारलाई नगरपालिकाले आवास निर्माण गरिदिएको जानकारी दिए । उनले अझै २ सय आवास निर्माणको चरणमा रहेको बताएका छन् । नगरका आवास विहीन सबै जनतालाई आफ्नो कार्यकालभित्र आवास उपलब्ध गराइसक्ने दावी गरे ।

सो कार्यक्रममा घर निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता पर्वत कार्की, धनजुजु श्रेष्ठ, कमला श्रेष्ठ, उपभोक्ता समितिका पदाधिकारी, सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी लगायतलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  ४ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]