बैशाख ११, २०८१ मंगलबार

प्रधानमन्त्री रोकिएरै भने – चण्डीजी मोमेन्टो चलाउनुहोस्

विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार झापाका दुई कार्यक्रममा सहभागी हुन यति एयरलाइन्सबाट भद्रपुर ओर्लिए । प्रधानमन्त्रीको गृह जिल्लामा स्वागत गर्नेको चाप सधैं बाक्लै हुने गरेको छ । मंगलवार प्रधानमन्त्री झापा ओर्लिदै गर्दा प्रदेश १ र बागमती प्रदेशका प्रदेश प्रमुख सोमनाथ प्यासी , विष्णु प्रसाई, केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेशका मन्त्री सहित नेकपाका केन्द्रदेखि स्थानीयसम्मका नेता स्वागतका लागि बसेका थिए ।

स्वागतका लागि बसेको लाइनमा कर्मचारीका उच्च अधिकारीहरु, सुरक्षाका प्रमुख र जनप्रतिनिधिहरु प्रायःउपस्थित थिए । त्यहि स्वागतको लाइनमा झापाका एक जना उधोगी चण्डीराज ढकाल पनि थिए । सार्क स्तरीय उधोग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका ढकाल मोमेन्टो एपरेल्स गोर्मेन्टका सञ्चालक हुन् ।

लाइनको अन्तिमतिर अर्थात भीभीआइपी कक्षको प्रवेशद्वारमा उनै चण्डीराज ढकाल उभिएका थिए । ढकाल नजिक प्रधामन्त्री आएपछि उनले नमस्कार गर्दै स्वागत गरे । लगत्तै प्रधानमन्त्री ओलीले ढकाललाई गार्मेट सञ्चालन गर्न सूझाव दिए । केहि मिनेट प्रधानमन्त्री ओलीले मोमेन्टो सञ्चालन गरेर रोजगारी दिन सुझाव पनि दिए । उनले एयरपोर्टमा मात्र होइन, विएण्डसीको कार्यक्रममा समेत मोमेन्टो गार्मेन्टका बारेमा चर्चा गरेका थिए ।

११ वर्षदेखि बन्द भएको सो गार्मेन्ट चलाउन सञ्चालक ढकालले तयारी गरिहरेको बुझिएको छ । उधोग सञ्चालनका लागि प्रधानमन्त्री ओलीसँग उनले भेटेरै कुराकानी गरेको इजलाससित बताएका छन् । ढकालले भने, ‘प्रधानमन्त्रीले सानोतिनो समस्या समाधानमा सहयोग गर्छु भन्नुभएको छ । सहज वातावरण बनाएर सञ्चालन गर्ने योजनामा छु ।’ गार्मेन्ट सञ्चालन हुँदा हजारौंले रोजगार पाउने भन्दै प्रधानमन्त्रीले सकारात्मक सहयोग गर्ने बचन दिएको ढकालको भनाई छ । राजनीतिक अस्थिरता र द्वन्दकै कारण बन्द भएको सो उधोग सञ्चालन भए हजारौं बेरोजगारलाई रोजगारीको व्यवस्थापन गर्न सकिने सञ्चालक ढकाल बताउँछन् ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]