चैत्र १५, २०८० बिहीबार

जग्गा फिर्ता नगरे बल प्रयोग हुन्छ : महान्यायाधिवक्ता

विर्तामोड । महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकार कठोर भएर प्रस्तुत हुने बताएका छन् । उनले सरकारले सार्वजनिक सम्पत्ति संरक्षणमा रित पूर्वक बल समेत प्रयोग गर्ने बताए ।

बुधबार डोमालाल राजवंशी रंगशालामा खेलप्रेमीहरुसँगको भेटमा उनले रंगशालाको जग्गा फिर्ता गराउन पनि बल प्रयोग गर्न सकिने बताए । खरेलले भने,– यो सार्वजनिक सम्पत्ति हो, फिर्ता लिन रित पूर्वक बल पनि प्रयोग हुन सक्छ । महान्यायाधिवक्ता खरेलले पत्रकार गणेश पोखरेल र खेल क्षेत्रका झापाली अगुवाहरुको पहलमा व्यक्तिबाट गुठी कै नाममा करिव ३ विगाह जग्गा फिर्ता भइसकेको र बाँकी जग्गा पनि फिर्ता गरिने आश्वासन दिएका छन् । स्थानीय सरकार, खेल क्षेत्र, नागरिक समाज, सामाजिक संघ संस्था र सबै सर्वसाधरण नागरिक विचमा जग्गा फिर्ता गराउन एकमत हुनुपर्ने खरेलको भनाई थियो । बाँकी रहेको जग्गा पनि फिर्ता हुन्छ, खरेलले भने – सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सरकार कै हो ।

निजी गुठीबाट राजगुठी हुँदै व्यक्तिमा गएको जग्गा फिर्ता हुने भन्दै खरेलले स्वामित्व लिन स्थानीय सरकार प्रभावकारी रुपमा लागि पर्नुपर्ने बताएका छन् । स्थानीय सरकारले जग्गा फिर्ता गर्न जोडतोडका साथ लागेर आफ्नै स्वामित्वमा रंगशाला निर्माण गर्न आग्रह समेत गरेका छन् ।
खेल मैदानका लागि जिल्लाकै उपयुक्त ठाउँ भएकाले अब जग्गा फिर्ता गराएर रंगशाला निर्माणमा लागि पर्न खेल क्षेत्रका अगुवालाई सूझाव दिएका छन् । उनले भने, ‘जग्गाधनीसँग लालपुर्जा मात्र छ, भोगचलन गर्न सक्दैनन् । त्यसैले पनि उनीहरुले जग्गा फिर्ता गर्नुको विकल्प छैन ।’ जग्गादाता परिवारको सम्मान समेत जरुरी भएको उनको भनाई छ ।

सो भेटघाटमा झापा –११ अध्यक्ष जलकुमार गुरुङले जग्गा फिर्ता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खरेललाई झापाली खेलकुद क्षेत्रबाट धन्यवाद समेत दिए । उनले मुलुक कै खेलक्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण जरुरी रहेको बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]