बैशाख ८, २०८१ शनिबार

मन्त्रिपरिषद् बैठक : विप्लवमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

वार्तामा भएका सहमतिसहित सरकार र विप्लव पक्ष शुक्रबार सार्वजनिक कार्यक्रममार्फत जनतासमक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]