बैशाख ६, २०८१ बिहीबार

फागुन २१ मा नेकपाको कार्यक्रम : विहान श्रद्धाञ्जलि अर्पण, दिउँसो सभा

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले सुखानी शहिद स्मृति दिवसमा मुख्य दुई कार्यक्रम आयोजना गरेको छ ।

विहान ८ बजे सुखानी सदाहत स्थलमा श्रद्धाञ्जलि अर्पण गर्ने र दिउँसो १२ बजे सुखानी शहिद पार्क सालवाडीमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ । सो कार्यक्रममा प्रदेश १ का प्रमुख सोमनाथ प्यासी , बागमती प्रदेशका प्रमुख विष्णु प्रसाई,पार्टीका प्रदेश १ अध्यक्ष देवराज घिमिरे, प्रदेशका मन्त्रीहरु सहित पार्टीका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तयारी भएको नेकपाका नेता सोमनाथ पोर्तेलले बताए ।

सोहि श्रद्धाञ्जलिसभा झापा विद्रोहको बारेमा लेखिएको पुस्तक विमोचन गरिने भएको छ । डा. नारद भारद्वज र सोमनाथ दाहालद्वारा लेखिएको ‘झापा विद्रोहका एक कमाण्डर’ पुस्तकको विमोचन गरिने शिवप्रसाद शिवाकोटी युवा फाउडेशनले जनाएको छ । शिवप्रसाद शिवाकोटीको स्मृतिमा लेखिएको पुस्तकमा समकालिन योद्धाहरुको बारेमा लेखिएको छ । ४८ वर्षअघिको आन्दोलनका बारेमा लेखिएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण दस्तावेज हुने बताइएको छ ।
त्यस्तै, प्रचण्ड–माधव समूहले पनि सुखानीमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]