चैत्र १६, २०८० शुक्रबार

नेपालमा वायु प्रदुषण र कृतिम वर्षाको संभाव्यता

अशोक खतिवडा ‘टाइगर’

नेपालमा केहि दिन यता वायु प्रदुषणले वातावरणमा नकरात्मक असर गरिरहेको अवस्था आम सञ्चार माध्यममा प्रसारित हुन थालेपछि आम जनमानसमा त्रासदि पुर्ण अवस्था आएको छ । वायु प्रदुषण भन्नाले वायुमण्डलमा अनावश्यक विकार ग्यास, धुलो तथा धुवाको अनुपातमा बृद्धि भाई वायुमण्डलीय सन्तुलनमा भएको नकारात्मक परिवर्तन हो । वायुमण्डलमा निश्चित प्रतिशत भन्दा माथिल्लो बिन्दुमा धुलोधुवाको कण र हानिकारक ग्यासहरुको अनुपात नेपालका विभिन्न प्रदुषण मापन केन्द्रहरु तथा विश्व स्वास्थ्य संगठनले समेत जनाई सकेको परिस्थिति छ । यस अवस्था लामो समयसम्म रहेमा मानव स्वास्थ्य तथा सिङ्गो वातावरणीय स्वास्थ्यमा नै प्रतिकुल असर गर्ने कुरा निश्चित छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालय तथा यस अन्तर्गतका विभिन्न निकायले विभिन्न विज्ञप्ति प्रकाशन गर्दै सचेत गराए पनि मानव स्वास्थमा तथा वातावरणीय अवस्थामा संकट कै अवस्था रहेको छ । यसै सन्दर्भमा हेर्ने हो भने मानव स्वास्थ्य जसमा पनि श्वासप्रस्वाश तथा आँखाको संक्रमण तत्कालिन गम्भीर समस्याको रुपमा रहने कुरामा दुईमत छैन ।

युमण्डलमा रहेको कार्बन मनोअक्साईड,नाईट्रसअक्साईड जस्ता रासायनिक ग्यासले अक्युलर सर्फेस डिसअडरले आखाँको नानी र कोर्निआको सतहमा असर गर्ने, आँखा शुक्खा हुने, आँखा पाक्ने जस्ता समस्या बढ्ने छ साथै दिर्घकालिन समस्याको रुपमा आँखाको लेन्स बिग्रने तथा मोतियाबिन्दु सम्मको खतरा रहन्छ । मानव स्वाथ्यका संवेदनशील अङ्ग जस्तै माथिल्लो श्वास नलिमा संक्रमण,फोक्सो, मुटु तथा मष्तिकमा समेत गम्भीर समस्या गर्नेछ । छिमेकी मुलुकको एक अध्ययनले १० बालबालिका मध्ये ४ बालबालिकामा फोक्सोको समस्या देखा परेको छ । यो समस्या भारतमा पनि ठुलो समस्याको रुपमा रहेको छ । यस परिस्थितिमा दीर्धरोगी, बृद्धबद्धा तथा बालबालिकाहरुलाई झन ठुलो खतरा छ ।

हाल यस अवस्थाको कारक तत्वको विश्लेषण तथा नेपालका २९ वटा वायुप्रदुषण मापनको तथ्याङ्क समेतलाई आधार बनाउदा नेपालको दक्षिणी क्षेत्रमा १ दशक यताकै उच्च डढेलो, अत्याधिक हावाहुरीसँगै विगत लामो समय यता नेपालमा पश्चिमी वायुको प्रभाव एकदमै न्यून रहेको र पानी पर्न नसकी धुलो धुवा वायुमण्डल मै रहने अवस्था नै प्रमुख रुपमा लिन सकिन्छ । यस परिस्थितिबाट बच्न हामीसँग साधरण स्वास्थ सचेतना अपनाउदै आकाशे पानी कुर्न बाहेक विकल्प छैन । तथापि, विभिन्न शक्ति सम्पन्न मुलुकहरु पनि यो चपेटाबाट अछुतो छैनन् । यसैको उपज स्वरुप छिटफुट रुपमा यस्ता मुलुकहरुले समस्याको उपाय स्वरुप कृतिम वर्षाको अभ्यास समेत अबलम्बन गरेको पाईन्छ । कृतिम वर्षा या कि क्लाउड सिडिङ एउटा यस्तो प्रविधि हो जसमा सिलभर आयोडाईड वा ठोस कार्बनडाईअक्साईडले भरिएको विमान आफ्नो आकाशीय क्षेत्रमा पठाई बादलसँगको बहावसगको फौलावटमा तालमेल गराई वर्षा गराउने प्रविधि हो ।

समा विमानमा जेनेरेटरको प्रयोग गरिन्छ र सिलभर आयोडाईड वा ठोस कार्बनडाईअक्साईडलाई उच्च चाप सहित भरिन्छ र जहाँ पानी पार्नु पर्ने हो । त्यहाँ हावाको विपरित दिशामा छोडिन्छ । जसको लागि मौसम विज्ञान महाशाखाले कुन बादलमा छोड्ने तथ्य पूर्व आकलन गरिनुपर्दछ । अहिलेको परिस्थितिमा नेपालमा पनि अझै केहि समय पानी नपर्ने जल तथा मौसम विभागले जनाई सकेको छ ।

वायुमण्डलीय प्रदुषणको खतराबाट मुक्ति पाउने उपयुक्त विधिको रुपमा छलफल तथा विचार विमर्श गर्न सकिन्छ । तर यो प्रविधि सन् २०१० मा संयुक्त अरब इमिरेटमा गरेको दृष्टान्त हेर्दा नेपाली रकम रु १ अर्व २९ करोड ६९ लाख ११ हजार ८० रुपैयाँ खर्च विवरण छ । उक्त खर्च विवरण ,नेपालको दक्ष जनशक्ति ,स्रोत, प्रविधि र प्रविधि पश्चात हुने सम्पुर्ण खतरा लगायतका विषयलाई व्यवस्थापन गर्न सके र प्रविधि कार्यन्यवनमा ल्याउने अवस्था भए वायु प्रदुषण समस्या अन्त्य तथा मनसुन वर्षामा आधारित खेति प्रणालीमा रहेको समस्यालाई समेत दीर्धकालिन समाधानको दिशामा उन्मुख गर्नेछ ।

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]