बैशाख ७, २०८१ शुक्रबार

गाउँले होटलका सञ्चालक निरौलाको ‘हत्या’ अनुसन्धान कहाँ पुग्यो ?

विर्तामोड । गाउँले होटलका सञ्चालक तिलक निरौलाको शव भेटिएको पाँच दिन भएको छ । उनको रहस्यमय मृत्यु बारे अहिलेसम्म यथार्थ बाहिर आउन सकिरहेको छैन ।

विर्तामोड– ५ मा लामो समयदेखि होटल सञ्चालन गर्दै आएका निरौला गत शुक्रवारदेखि वेपत्ता भएका थिए । उनको आइतवारका दिन चारआलीको जंगल क्षेत्रमा शव भेटिएको थियो । उनको अपहरणपछि हत्या भएको हुन सक्ने अनुमान आफन्तले गरेका छन् । शव भेटिएकै दिन पोष्टमार्टमका लागि धरान पठाइएको थियो । एक हप्ता पुग्न लाग्दा पनि रिपोर्ट नआएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले घटना बारे अहिल्यै यसै भन्न नसकिने बताएका छन् । थापाले भने, ‘ घटनाबारे यसै भन्न सकिदैन, अनुसन्धानलाई तीब्र बनाएका छौं ।’ उनका अनुसार पक्राउ गरिएका दुई व्यक्तिलाई म्याद थप गरि अनुसन्धान गर्ने काम भइरहेको छ । उनले आजै पनि शव भेटिएको जंगल नजिकै रहेको गाउँमा सोधपुछको काम गरिरहेको जानकारी दिए । सोधपुछका लागि पक्राउ गरिएका दुई मध्ये एक जना नातामा भाञ्जा रहेको बुझिएको छ । उनीहरु अहिले प्रहरी नियन्त्रण मै छन् ।

शव भेटिएको स्थानमा मोवाइल, प्लाष्टिकको एउटा बिर्को र उनै निरौलाको गोजीमा एउटा चिठ्ठी समेत फेला परेको सुरक्षा अधिकारीले इजलाससित बताएका छन् । प्रहरीले चिठ्ठीमा के लेखिएको छ भन्ने बारे खुलाएको छैन । निरौला शुक्रवार जसलाई भेट्न जान्छु भन्दै घरबाट बाहिरिएका थिए, उनैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार  ५ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]