बैशाख १३, २०८१ बिहीबार

झापामा ह्वात्तै बढ्यो संक्रमण, आज १४९ जनामा कोरोना

विर्तामोड । झापामा सोमवार १४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५९ महिला र ९० पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा २७, विर्तामोड ३७, गौरादह १२, मेचीनगर १४, भद्रपुर २३, कनकाई १०, हल्दिवारी २, अर्जुनधारा ११, बुद्धशान्ति २, गौरीगञ्ज १, कमल ६, शिवसताक्षी २, बाह्रदशी २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
चौलागाईका अनुसार आज झापामा थप एक जनाको मृत्यू भएको छ । दमक ५ का ६५ वर्षीया महिलाको मृत्यू भएको हो । यो सँगै जिल्ल्लामा सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]