बैशाख ८, २०८१ शनिबार

अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन राजीनामा दिन्न : खरेल

काठमाडौं । ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन’, झापा क्षेत्र नं २ बाट निर्वाचित एमाले सांसद् पवित्रा निरौला खरेल भन्नुहन्छ । 

नेकपा एमालेको माधव गुुटमा खुल्नुुभएकी सांसद् खरेलले कुनै पनि हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नी’– उहाँले भन्नुुभयो ।

राजीनामा दिनु भनेको पार्टीलाई विभाजनको औपचारिकता दिनुु भएको खरेलले बताउनुुभयो । ‘स्वास्थ्य समस्याका कारण मेरो खासै छलफल भएको छैन, पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा हो, अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि राजीनामा दिन्न’– खरेलले प्रष्ट रुपमा बताउनुभयो । 
 
अझै पनि पार्टी अध्यक्षले सबैलाई एक ठाउँमा राखेर छलफल थाल्नुुपर्ने र निकास खोज्नु्पर्ने उहाँले बताउनुुभयो । पार्टी एक ढिक्का बनाउनुमा नै सबैको भलाइ हुने खरेलको सुझाव छ । उहाँले भन्नुुभयो– ‘मैले एमाले पार्टी बिनाको राजनीति कल्पना पनि गरेको छैन, मसँग राजीनामाको विषयमा कसैले छलफल पनि गरेको छैन, राजीनामा कुनै हालतमा दिन्न ।’ आईएनए न्युज एजेन्सी

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार  १ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]