बैशाख १२, २०८१ बुधबार

सहाराद्वारा बाख्रा पालक किसानलाई उन्नत घाँसको बीऊ वितरण

झापा । सहारा नेपाल साकोसले ३ सय जना बाख्रा पालक किसानलाई उन्नत जातको घाँसको बीउ बितरण गरेको छ । संस्थाका सदस्य रहेका बाख्रा पालक किसानलाई ९ सय केजी टीयो सेन्ट र सुडान जातका बीउ वितरण गरिएको छ ।

कोभिड महामारीलाई मध्यनजर गरि सदस्यहरूको घर मै उपस्थित भर्ई बीउ बितरण कार्य भइरहेको सहारा साकोसले जनाएको छ । बुधबार मेचीनगर ६ नं. वडा क्षेत्रमा रहेका आफ्ना सदस्यहरूलाई संस्थाका प्राबिधिक लक्ष्मी भण्डारीसहित काँकडभिट्टा सेवा केन्द्र प्रमुख खेमराज पुरीले उक्त बीउ हस्तान्तरण गरेको जानकारी दिए । संस्थाले निषेधाज्ञामा जुम प्रविधि मार्फत बाख्रापालनको क्षेत्रमा ब्यवसायिकरण गराउन नियमित रूपमा झापाको बाहुनडाँगी देखि उदयपुरसम्मका सदस्य लक्षित तालिम तथा प्राविधिक ज्ञान दिइरहेको संस्थाका अनुगमन अधिकृत घनश्याम रायले बताएका छन् ।

कृषिमा रोजगारी सिर्जना गर्न व्यवसायिकरणको लागि प्राविधिकहरुसहितको एग्रो विजनेस यूनिट तयार गरि काम गरिरहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]