बैशाख ७, २०८१ शुक्रबार

झापामा अक्सिजन प्रयोग गर्ने संक्रमितको संख्या शून्य

विर्तामोड । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजनको प्रयोग घट्दै गएको छ । देशभर अक्सिजन प्रयोग गर्नुपर्ने संक्रमित घटिरहेको बताइएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितको उपचारमा अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था घटिरहेको छ । असार १ गते स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको तथ्याङकमा अक्सिजन प्रयोग गर्ने संक्रमितको संख्या शून्यमा झरेको छ । दोस्रो लहरको शुरुआतमा अक्सिजनको हाहाकार मच्चिएको थियो ।

गत बैशाख ३० गते ३३ जना संक्रमितहरुलाई अक्जिनमा राखिएको थियो । छिमेकी राष्ट्र भारतमा अक्सिजन अभाव भएकै कारण धेरै संक्रमितहरुको ज्यान गएको समाचारहरु सार्वजनिक भएका थिए । सोही बेला देखी नेपालमा अक्सिजनको जोहो गर्न थालिएको थियो ।

एक महिनाको अन्तरालमा अक्सिजन प्रयोग गर्ने संक्रमितहरु घटेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हाल जिल्लाका ८ वटा अस्पतालमा ४१ जना संक्रमितको जेनेरल वेडमा, १६ जना आइसीयूमा, भेन्टिलेटरमा १२ जना, एचडीयूमा ६८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : असार २, २०७८ बुधबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]