चैत्र १६, २०८० शुक्रबार

कलाकार गजुरेललाई ‘सिरीजङ्गाको छोरो’ सम्मान गर्दै, पर्यटन दूत नियूक्त गर्ने

झापा । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाले ख्यातिप्राप्त राष्ट्रिय कलाकार मनोज गजुरेललाई ‘ सिरीजङ्गाको छोरो’ को रुपमा सम्मान गर्ने भएको छ । गजुरेलको जन्म सोहि गाउँपालिकाको वडा नं. ६ मा भएको थियो ।

गाउँपालिकाको नियमित गाउँसभा अधिवेशनको (नवौं) पहिलो बैठकबाट पारित ०७८-७९ को नीति तथा कार्यक्रममै गजुरेललाई सम्मान गरिने उल्लेख गरिएको छ । उनलाई गाउँपालिकाको सद्भावना पर्यटन दूत नियूक्त गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

बिहीबार सम्पन्न पहिलो बैठकमा सिरीजङ्गा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८-७९ को लागि ४३ बँुदें नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङले प्रस्तुत गरेका थिए । उक्त ४३ बँुदें नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित भएको छ ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष ज्ञानमाया चौहान गौतमले आगामी आर्थिक वर्ष २०७८-७९ को आय-व्यय सहितको बजेट प्रस्तुत गरेकी छन् । ५० करोड ५७ लाखको अनुमानित आय र ५० करोड ५७ लाखकै अनुमानित व्यय समावेश भएको ‘सिरीजङ्गा गाउँपालिकाको विनियोजन विधेयक, २०७८’ र ‘सिरीजङ्गा गाउँपालिकाको आर्थिक विधेयक, २०७८’ समेत सर्वसम्मतरुपमा पारित भएको छ । नियमित गाउँ सभा अधिवेशनको दोस्रो बैठक असार २८ गते बस्ने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]