बैशाख ७, २०८१ शुक्रबार

झापामा निषेधाज्ञा थप्ने तयारी, बजारलाई थोरै खुकुलो बनाइने

विर्तामोड । बैशाख २२ गतेदेखी झापामा लागु गरिएको निषेधाज्ञा आजबाट सकिदैछ । यद्दपि , डीसीसीएमसीको आज बस्ने बैठकले निषेधाज्ञा थप गर्ने संभावना छ । जिल्लामा कोरोना संक्रमण दर नघटेका कारण निषेधाज्ञा थप हुने बुझिएको छ ।

सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याएर देशरभर नागरिकको जनजीवनलाई सहज बनाउने तयारी गरिरहेको बेला झापामा भने संक्रमण दर उस्तै रहेकाले निषेधाज्ञामा धेरै फेरबदल नहुने बताइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनाले निषेधाज्ञा थप हुने बताएका छन् । उनले जिल्लाको संक्रमण अवस्थालाई हेरेर बैठकले निर्णय गर्ने जानकारी दिए । पुरै बजार खोल्ने अवस्था छैन, प्रजिअ तिमिल्सिना भन्छन् – बजारलाई थोरै खुकुलो गराइन्छ । उनका अनुसार धेरै मानवीय चहलपहल हुने ठाउँहरु होटल, रेष्टुरेन्ट, चिया पसल , सिनेमा जस्ता ठाउँहरु खुलाइने छैन । सवारी सञ्चालनमा रोक लगाइने छ ।

प्रकाशित मिति : असार ७, २०७८ सोमबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]