बैशाख ४, २०८१ मंगलबार

प्रहरीकै भरमा जोगिने हो ?

सम्पादकीय

निषेधाज्ञा खुकुलो भएपछि बजारमा निकै बाक्लो चहलपहल छ । चहलपहलकै कारण फेरि कोरोना संक्रमणको ग्राफ बढेर गएको छ । झापामा हरेक दिन बढ्दै गइरहेको कोरोना संक्रमण दरले जोखिम कम नभएको स्पष्ट छ । तर, पनि नागरिकमा कमजोर सचेतनाका कारण जोखिमले सबैलाई घेराबन्दीमा पारेको छ । देशभर कोरोना संक्रमण घट्दै गएका कारण नागरिकको जनजीवनलाई सहज बनाउन निषेधाज्ञा खुकुलो बनाइएको छ । जसका कारण कोरोना भाइरस नमज्जाले फैलिरहेको तथ्याङक देख्न सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख २२ गतेदेखि लागु गरेको निषेधाज्ञा अहिलेसम्म जारी छ । शुरुआतभन्दा अहिले केहि मात्रामा खुकुलो पनि बनाइएको छ । साउन ७ गतेसम्म तोकिएको निषेधाज्ञा त्यसपछि के हुने भन्ने बारे डीसीसीएमसीले निर्णय गर्ने नै छ । यसबीचमा बजार क्षेत्रमा देखिएको दृष्य अनौठो छ । बजारमा सबैजसो पसलहरु खुल्ला गरिएका छन् । जिल्लाको निर्णय अनुसार खोल्न दिइएको व्यवसाय पनि समयभन्दा धेरै खोलेको पाइन्छ । यसमा व्यवसायीको जब्बर व्यवहारले प्रहरी हैरान भइसकेको छ ।

हरेक दिन साँझ परेपछि प्रहरीले बजारमा बेस्सरी सिटी फुक्नै पर्छ । नत्र, व्यापारीले जिल्ला प्रशासन कार्यालयको निर्देशन पालना गर्ने अवस्था छैन । दिनभर प्रहरीले निगरानी गरिहरेको बजार साँझमा प्रहरी नपुगी बन्द गर्ने अवस्था छैन । यसैले प्रहरीकै लागि कोरोनाबाट सुरक्षित बन्ने जस्तो देखिन्छ । यसैले यस प्रकारका समस्याहरुको समाधान नभएसम्म कोरोनाबाट सुरक्षित बन्न सकिदैन । जिल्लामा कोरोनाको दोस्रो लहर शुरु हुँदा जस्तै जोखिम अहिले पनि छ । समग्र विवरणलाई हेर्दा झापामा दैनिक ४ जनालो कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् । यसैले प्ररहीको लागि होइन, आफ्नै लागि सम्झिएर डीसीसीएमसीको पालना गरौं ।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  ११ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]