चैत्र १५, २०८० बिहीबार

झापा आउँदै एमाले अध्यक्ष ओली

जिल्लाभेलालाई सम्बोधन गर्ने
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकताको सन्देश दिन झापामा नेता कार्यकर्तालाई सम्बोधन गर्दैछन् । पहिलो फ्लाइटबाट भद्रपुर ओर्लिने अध्यक्ष ओलीले १२ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको साई प्यालेसमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

माधव नेपालले पार्टी चोइट्उँदा समेत शून्य असर गरेको झापामा एकतापछि पहिलो पटक सम्बोधनका लागि ओली आउदैछन् । उनले एमालेका कार्यकर्तालाई सम्बोधन गरेर आजै काठमाडौं फर्किने छन् ।

झापा एमालेमा माथिल्लो विभाजनले असर नगरेको नेताहरुको भनाई छ । सोही खुशीयालीमा समेत कार्यकर्तालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम जिल्ला पार्टीले आयोजना गरेको बताइएको छ । झापामा जिल्लाका प्रभावशाली नेताहरु सबै एमालेमा खुलेका छन् । दल विभाजनभन्दा अघि माधव नेपालको समानान्तर कमिटीको नेतृत्व गर्ने नरेश खरेल, रविन कोइराला, पवित्रा खरेल, चन्द्रा श्रेष्ठहरु एमाले मै बसेका छन् । उनीहरुले पार्टी विभाजन गलत भएको भन्दै एमालेमै बसेर संघर्ष गर्ने बताएका छन् ।

झापामा ५०८ जना जनप्रतिनिधिमध्ये ७ जनाले एमाले त्यागेका छन् । उनीहरुले भदौ २२ मा नेकपा एसमा सनाखत गरिसकेका छन् । पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय नेताहरु एमालेमै रहेर झापामा एकढिक्का रहेको सन्देश दिएको सचिवालय सदस्य शिव ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]