बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडमा प्रतिबन्धित १८ कार्टुन निलो रेडबुल बरामत

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले प्रतिबन्धित १८ कार्टुन रेडबुल बरामत गरेको छ । मंगलबार साँझ प्रहरीले चेकजाँचका क्रममा प्रतिबन्धित रेडबुल फेला पारेको हो ।

बिर्तामोड–५ स्थित कनकाई रोडबाट प्रहरीले भन्सार छलेर भित्राएको रेडबुल बरामत गरि इलाका प्रहरी कार्यालयमा राखेको छ । बरामत रेडबुल मेची भन्सारलाई बुझाइने जनाइएको छ । कनकाई रोडबाट ठेलामा हालेर लैजादैं गर्दा प्रहरीले बरामत गरेको हो ।
२०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ । सो रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने प्रहरीको भनाई छ । रेडबुल लिएर हिड्ने फरार भएका छन् ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]