बैशाख १३, २०८१ बिहीबार

झापामा अध्यक्ष ओलीको दोस्रो दिन: पाहुना घर उद्घाटनदेखि शुभकामना आदान प्रदानमा सहभागी हुनेसम्म

झापा- हिजोदेखि गृहजिल्लामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुईवटा कार्यक्रममा सहभागी हुनुहुनेछ । बिहान ११ बजे गौरादह नगरपालिका ५ स्थित साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन गर्नुहुनेछ । १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजना गरिएको चाडपर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने एमाले जिल्ला कमिटी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार समय रहेसम्म अध्यक्ष ओलीले गौरीगञ्जका केही विकास निर्माण योजनाको निरीक्षण समेत गर्दै हुनुहुन्छ ।

थापाका अनुसार साँझ ५ बजे अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम छ । विराटनगरमा उद्योगी व्यावसायीहरुसँग भेटघाटको कार्यक्रम छ । भोलि बिहान अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

हिजो अध्यक्ष ओलीले झापामा चर्चित मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा ठूलो संख्यामा एमाले प्रवेश गराउनुभएको थियो ।

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]