बैशाख १३, २०८१ बिहीबार

प्रदेश १ मा १०७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ८, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ४–४, भद्रपुर, बाहृदशी र गौरादहमा ३–३, शिवसताक्षी, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २५, उर्लाबारीमा २, बुढीगंगा, रंगेली, रतुवामाई र कटहरीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २ र इनरुवामा १, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र बेलकामा १–१, इलामको इलाम नगरपालिका र चुलाचुली १–१ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]