चैत्र १५, २०८० बिहीबार

दिपावलीपछि खुलेको बजारमा नेप्से परिसूचक राताम्मे

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अङ्कले ओरालो लागेको छ । दिपावलीको विदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ । कारोबार रकम पनि खासै बढेको छैन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अंकले बढेको छ ।

त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अंकले घटेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ५२ करोड १० लाख तीन हजार ५९० बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैंक रु ३० करोड ३३ लाख २९ हजार, आइसिएफसी फाइनान्स रु २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावर रु १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावर रु १४ करोड आठ लाख ४० हजार ४२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आइसिएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै, महालक्ष्मी विकास बैंैकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । उता, सपोर्ट माइक्रोफाइनान्स ७.९६, पाँचथर पावर ४.९५, कालिका पावर ४.७०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : कार्तिक २२, २०७८ सोमबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]