बैशाख ४, २०८१ मंगलबार

मिठो होइन, स्वस्थ्य खोजौं

सम्पादकीय
झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा सोमवार विहानै विषादीयुक्त फुलकोपी फेला पर्यो । फेला परेको १२ केजी फुलकोपीलाई पुरियो । राजगढबाट विक्रीका लागि बिर्तामोड ल्याइएको कोपीमा विषादी परीक्षण गर्दा खान अयोग्य भएको पुष्टि भयो । कृषिथोक बजारमा रहेको विषादी परीक्षण केन्द्रले नमूना परीक्षण गर्दा विषादीको मात्रा ६५ प्रतिशत भएको पाइयो । ३५ प्रतिशतभन्दा कम खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्मको क्वारेन्टाइन राख्नुपर्ने र त्सभन्दा माथिको कृषि वस्तु खान अयोग्य हुन्छ ।

कृषि उत्पादनमा सकेसम्म विषादीको मात्रा कम गर्नुपर्छ । किनभने, विहान बेलुका खानपानमा हामीले विषादी खाइरहनु पर्यो भने स्वास्थ्यमा जटिलता हुन्छ । स्वास्थ्य कमजोर हुन्छ । कमजोर स्वास्थ्य बनाएर कसैले केहि गर्न सकिदैन । त्यसैले कृषिमा उत्पादन कै चरणमा कम विषादीको प्रयोग गर्नुपर्छ । यदि सकिन्छ भने प्राङ्गारिक उत्पादन गर्नु सबैभन्दा राम्रो हो । बिर्तामोडमा विषादीमुक्त नगर बनाउने संकल्प स्थानीय तहले गरिरहेको कारण यसमा सबैको सहयोग रहन जरुरी छ ।

जहाँसम्म राजगढबाट आएको कोपी छ, त्यसमा किसानले नै विषादी धेरै प्रयोग गरेको पाइयो । किसानले उत्पादन र व्यापारलाई मात्र हेर्न हुदैन । किनभने, उपभोक्ताको स्वास्थ्य मै असर गर्ने गरी विषादी प्रयोग भयो भने त्यो अपराध नै हुन्छ । बिर्तामोडमा झापाबाट मात्र होइन, अन्यत्रबाट आयात गरिएको सागसब्जी कडाईका साथ परीक्षण गरिनुपर्छ । भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा के कति छ ? आम उपभोक्तलाई जानकारी गराउने कर्तव्य परीक्षण केन्द्र र कृषिथोक व्यवस्थापन समितिको हो । र, उपभोक्ताले पनि मिठोभन्दा स्वस्थ्यकर कृषि वस्तु खरिद गर्नुपर्छ ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]