बैशाख १२, २०८१ बुधबार

काँग्रेस झापा अधिवेशन : दुई प्यानल मैदानमा कसको पल्ला भारी ?

झापा । नेपाली काँग्रेस झापामा दुई प्यानल खुलेर आएका छन् । एउटा प्यानलको नेतृवमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा छन्, अर्को प्यानलको नेतृत्वमा काँग्रेस पूर्वमहामन्त्री कृष्षप्रसाद सिटौला छन् । दुवै प्यानलका तर्फबाट पदाधिकारी सार्वजनिक भइसकेका छन् ।
हुनैलाई चाहिँ झापामा विश्वप्रकाश कमजोर देखिन्छन् । तर, उनमा अनौठो क्रेज भने छ । दुवै प्यानलका तर्फबाट पदाधिकारी चुनावी मैदानमा छन् । आज छिनोफानो हुँदैछ । हुनैलाई चाहिँ झापामा विश्वप्रकाश कमजोर देखिन्छन् । तर, कार्यकर्ताको माझमा शर्माको अनौठो क्रेज देखिन्छ । विश्वप्रकाश शर्मा तार्किक छन्, कृष्ण सिटौला सालिन छन् ।

झापा सभापतिका लागि देउकुमार थेवे र राम कट्टेलले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवारी दिएका छन् । १२औ महाधिवेशनमा जिल्लाको उपसभापति रहेका थेवेलाई पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले साथ दिए ।१३औं महाधिवेशनबाट उपसभापति बनेका कट्टेललाई भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले साथ दिएका छन् ।

सभापति पदका उम्मेद्वार थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवमा कृष्ण हुमागाँई र नविन बिमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार चुनावी मैदानमा छन् । आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेवेले सभापतिका उम्मेद्वार थेबे क्षेत्र नं ४, उपसभापति भट्टराई क्षेत्र नं ५ , उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाँई क्षेत्र नं २ , सचिव बिमली क्षेत्र नं ३ , सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेको जानकारी दिए ।

आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेद्वार थेबेले १३ औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको थेवेले बताए । आगामी दिनमा पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिसमक्ष उनले आग्रह समेत गरे । घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा कांग्रेसको नेतृत्वमा ‘बाघ’ नै आउनुपर्ने धारणा राखे । आन्तरिक अधिवेशनमा कसैको पनि हारजीत नहुने भन्दै उनले आगामी आम निर्वाचनमा प्रतिपक्षीसँग भिड्न सांगठनिक एकता आवश्यक रहने बताए ।

उनले जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले राजनीतिमा भद्र सहमति हुने बताउँदै भद्र सहमतिको पालना गर्नुपर्नेमा जोड दिए । चुनावी मैदानमा पुगेपछि पनि भद्र सहमति सम्झिँदै छ थेवे प्यानल । तर, कट्टेल प्यानल भने यो कुरा स्विकारी रहेको छैन ।

सभापतिका अर्का उम्मेदवार राम कट्टेल समुहमा उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेद्वार छन् । सचिवमा विश्वदीप लिङदेन र टोम राजबंशी कट्टेल उम्मेद्वार छन् । त्यसैगरी उक्त समुहबाट सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु चुनावी मैदानमा भएको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले जानकारी दिए ।

आज झापाको नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् । जसमा क्षेत्र नम्वर १ बाट ६ सय १७ जना, २ बाट ६ सय ४ जना, क्षेत्र नम्वर ३ बाट ६ सय ६२ जना, क्षेत्र नम्वर ४ बाट ७ सय ६२ जना र क्षेत्र नम्वर ५ बाट ७ सय ४४ जना क्षेत्रीय प्रतिनिधिले जिल्लाको नेतृत्व चयन गर्न मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

थेवे पक्ष र कट्टेल पक्ष बिच निकै ठूलो प्रतिष्पर्धा हुने अनुमान छ । सिटौलाको साथ पाएका थेवे झट्ट हेर्दा बलिया त छन्, तर शर्माले भोट हाल्छु भनेका कट्टेल पनि कमजोर प्रतिद्वन्दी भने होइनन् । चुनावी मैदानमा ठ्याक्कै यही पल्ला भारी भन्ने अबस्था नरहेपनि दुवैजनालाई सहज नभएको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]